दफा ४२
साक्षी राख्नु पर्ने

(१) कानून बमोजिम साक्षी राखी तयार गर्नु पर्ने लिखतमा करार गर्न योग्य कम्तीमा दुई जना व्यक्ति साक्षी राखीनिजहरूको रोहबरमा लिखत बमोजिमको काम, कारोबार भएको व्यहोरा उल्लेख गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम उल्लेख भएका साक्षीको पहिचान खुल्ने विवरण र ठेगाना उल्लेख गरी यस परिच्छेद बमोजिम सहीछापगर्नु वा गराउनु पर्नेछ ।
(३) यस परिच्छेद बमोजिम तयार गरिएको लिखत कारणी आफैले लेखेको भए सोही व्यहोरा र अन्य व्यक्तिले मस्यौदा गरी तयारगरेको भए सोही व्यहोरा उल्लेख गरी लेखकले आफ्नो पहिचान खुल्ने विवरण र ठेगाना समेत लेखी दस्तखत गर्नु पर्नेछ ।
(४) कुनै लिखत तयार गर्न कानून बमोजिम कुनै इजाजतपत्र लिनु पर्ने रहेछ भने उपदफा (३) बमोजिम मस्यौदा तयार गर्नेलेखकले त्यसको विवरण समेत उल्लेख गर्नु पर्नेछ ।